दफा २१क
शिक्षण संस्थालाई मान्यता प्रदान गर्नेः
(१) प्रचलित कानून बमोजिम स्थापना भएका शिक्षण संस्थाले इन्जिनियरिङ विषयको अध्ययन, अध्यापन गर्नु, गराउनु अघि परिषद्बाट समेत मान्यता प्राप्त गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम मान्यता प्राप्त गर्नको लागि परिषद्ले तोके बमोजिमको विवरण र दस्तुर संलग्न गरी परिषद्मा निवेदन दिनु पर्नेछ।
(३) परिषद्ले उपदफा .(२) बमोजिमको निवेदन उपर तोकिए बमोजिमको मापदण्डको आधारमा जाँचबुझ गरी तोकिए बमोजिमको ; मापदण्ड पूरा गर्ने शिक्षण संस्थालाई परिषद्ले तोके बमोजिमको शुल्क लिई स्थायी वा अस्थायी मान्यता प्रदान गर्न सक्नेछ।